Kathmandu Press

रौतहटमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु

रौतहट, कात्तिक १३ : कोरोना भाइरस संक्रमणका कारण रौतहटमा एक महिलाको मृत्यु भएको छ। चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका...
रौतहटमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु

रौतहट, कात्तिक १३ : कोरोना भाइरस संक्रमणका कारण रौतहटमा एक महिलाको मृत्यु भएको छ। 

चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो।

नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ। 

यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो। उनको पीसीआर परीक्षणको रिपोर्ट भने राति मात्र आएको थियो। 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्