कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु
काठमाडौं, कात्तिक १३ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको उपचारको क्रममा गएराति मृत्यु...
काठमाडौं, कात्तिक १३ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको हो।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालको आईसियूमा उपचार भइरहेको थियो।
उनमा कात्तिक ५ गते संक्रमण पुष्टि भएको थियो।
योसहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको स्रंख्या २० पुगेको छ।
प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
