विस्फोटक पदार्थसहित विप्लवका कम्पनी कमिसनर पक्राउ
मोरङ, कात्तिक १३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कम्पनी कमिसनरसहित दुई कार्यकर्ता पक्राउ परेका छन्।पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसनरसहित दुई...मोरङ, कात्तिक १३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कम्पनी कमिसनरसहित दुई कार्यकर्ता पक्राउ परेका छन्।
पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसनरसहित दुई जनालाई मोरङ प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार पक्राउ गरेको हो।
सप्तरी सुरुङ्गा नगरपालिका-२ का ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले हातहतियार देखाएर चन्दा अशुल गरिरहेको गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ।
काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिसनर र विज्ञान राई सदस्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:१० बजे, बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
