कोरोनाको दैनिक ब्रिफिङ रोकियो, अब आईतबार र बुधबार हप्तामा दुई दिन मात्रै हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत ७ महिनादेखि जारी गर्दै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
काठमाडौं, कात्तिक १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत ७ महिनादेखि जारी गर्दै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
भोलि बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने र हप्तामा दुई दिन मात्रै उक्त ब्रिफिङ गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रेसलाई जानकारी दिए ।
‘अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ’, उनले भने, ‘अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।’
प्रकाशित मिति: २३:०९ बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
