आज १९५४ जनामा कोरोना संक्रमण पुष्टि
देशभरका ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, कात्तिक १२ : पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सहित कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
अहिलेसम्म कोरोनाका कारण ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।
संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २३:०० बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
