नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सारियो
काठमाडौं, कात्तिक १२ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना सारिएको छ।बुधबार नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी...
काठमाडौं, कात्तिक १२ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना सारिएको छ।
बुधबार नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरि केन्द्रीय कमिटी बैठक सारिएको बताएका छन्। विज्ञप्तिमा कोरोनाका कारण र तयारी नपुगेकाले बैठक सारिएको जनाएको छ।
नेकपा केन्द्रीय सदस्यले माग गरेपछि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। यस अघि कात्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो।
कात्तिकमा बस्ने तय गरिएको बैठक अब मंसिरमा बस्ने भएको छ। विज्ञप्तिमा नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्ने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ।’
भदौ २६ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले आगामी चैत २५ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनको तयारीका लागि कात्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो।
केन्द्रीय कमिटी बैठक अघि पार्टी एकताका सबै काम सम्पन्न गर्ने घोषणा गरिएको भएपनि अधुरै रहेका छन्। यसको असर नेकपा महाधिवशेनमा पनि पर्ने भएको छ।
यसअघि नेकपा केन्द्रीय कमिटी बैठक गत माघमा बसेकाे थियाे।









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
