Kathmandu Press

झापामा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु

झापा, कात्तिक १२ : कोरोना भाइरसको संक्रमणबाट झापामा एक जना बृद्धाको मृत्यु भएको छ।मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया बृद्धाको आज कोरोना संक्रमणबाट...
झापामा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु

झापा, कात्तिक १२ : कोरोना भाइरसको संक्रमणबाट झापामा एक जना बृद्धाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया बृद्धाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो। बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारकै क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिनअघि बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो। उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न बीएन्डसी अस्पताल लगिएको थियो।

उपचारका क्रममा स्वाब परीक्षण गर्दा कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनी निमोनियाबाट पीडित थिइन्।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्