Kathmandu Press

राजदरबारका पूर्वप्रमुखसचिव खनालको निधन

काठमाडौं, कात्तिक १२ : तत्कालीन राजदरबार अर्थात राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको...
राजदरबारका पूर्वप्रमुखसचिव खनालको निधन

काठमाडौं, कात्तिक १२ : तत्कालीन राजदरबार हेर्ने राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले बताए। मधुमेह र दमबाट पीडित खनाल घरमै उपचाररत थिए।

मदन पुरस्कार प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनकी श्रीमती, दुई छोरा र एक छोरी छन्।

काठमाडौंमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिने भएको छ।

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्