Kathmandu Press

दशैंमा घर गएका बागमती प्रदेश प्रमुखलाई कोरोना

काठमाडौं, कात्तिक १२ : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वाब परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश प्रमुख प्रसाईले...
दशैंमा घर गएका बागमती प्रदेश प्रमुखलाई कोरोना

काठमाडौं, कात्तिक १२ : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वाब परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश प्रमुख प्रसाईले बताए। उनी दशैंका लागि प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट झापाको मेचीनगरस्थित घर गएका थिए।

पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए। मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १५:३३ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्