कोरोना संक्रमण रोक्न ताँजाकोटका सबै नाका पाँच दिन बन्द
हुम्ला, कात्तिक १२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन हुम्लाको ताजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ।गाउँकार्यपालिकाको...
हुम्ला, कात्तिक १२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन हुम्लाको ताजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ।
गाउँकार्यपालिकाको निर्णयअनुसार, कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले बताए।
ताजाकोटले बाजुराको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरेको हो।
हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुको सम्पर्कमा आएका ३२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको छ।
प्रकाशित मिति: १५:०७ बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
