Kathmandu Press

कारको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

सप्तरी, कात्तिक १२ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार कञ्चनरुप  नगरपालिका...
कारको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

सप्तरी, कात्तिक १२ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार कञ्चनरुप  नगरपालिका २ बरमझियाका ७५ वर्षीय तीलक सुरेतको कारको ठक्करबाट मृत्यु भएको हो। आज बिहान बाटो काट्ने क्रममा कारले ठक्कर दिएको जनाएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  ठक्कर दिँदा बृद्धको घटनास्थलमै मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्