Kathmandu Press

भरतपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

चितवन, कात्तिक १२ : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुमार उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।पूर्वि नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको...
भरतपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

चितवन, कात्तिक १२ : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुमार उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।

पूर्वि नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्