२७ सय २५ को परिक्षण गर्दा ५ सय ७० जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक ११ : पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका...
काठमाडौं, कात्तिक ११ : पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका ल्याबमा जम्मा २ हजार ७ सय २५ वटा नमुना परीक्षण गरिएको थियो । पछिल्लो समय कोरोना परिक्षण भएको यो न्युन संख्या हो । त्यस मध्य ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये २ सय ११ महिला र ३ सय ५९ पुरुष छन् । आजसम्म कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । त्यसमध्य १ लाख १८ हजार ८ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १ सय ६८ जना कोरोना नेगिटिभ भएका छन्।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ य ७६ पुगेको छ । देशभर ४० हजार ६ सय ८१ सक्रिय संक्रमित छन् । ३२ हजार ४ सय ६४ होम आइसोलेसनमा छन् भने २ सय ८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
