Kathmandu Press

कोरोनाबाट पूर्वसांसद चौधरीको निधन

काठमाडौं, कात्तिक ११ : संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा...
कोरोनाबाट पूर्वसांसद चौधरीको निधन

काठमाडौं, कात्तिक ११ : संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। 

सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार निधन भएको हो।

५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । केही दिन उपचार गरेपछि कोशी अस्पतालबाट उनलाई घर ल्याइएको थियो । घरमा पुनः बिरामी भएपछि कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, कात्तिक ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्