Kathmandu Press

पाप्लामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

पाप्ला, कात्तिक ११ : कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ।लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य...
पाप्लामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

पाप्ला, कात्तिक ११ : कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ।

लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार गएराति पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

उनी दुर्घटनामा परेकी थिइन्। उपचारका लागि अस्पताल ल्याएपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। उनमा कोरोनाका लक्षण पनि देखिएका थिए।

उनको कोभिड वार्डमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै गएराति मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, भेन्टिलेटर नपाउँदा रुपन्देहीबाट पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न ल्याएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय बृद्धको मृत्यु भएको छ। उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई कुनै दिर्घ रोग थिएन्।

 

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, कात्तिक ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्