Kathmandu Press

आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं, कात्तिक ११ : आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ।आज आश्विन शुक्ल एकादशीका दिन पनि नवदुर्गाको प्रसाद ग्रहण...
आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं, कात्तिक ११ : दशै‌ंका अवसरमा आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ।

आज आश्विन शुक्ल एकादशीका दिन पनि नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गरेको छ।

हिन्दुधर्मालम्बलीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँने गरेका छन्।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ।

यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन। नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदै छ।

कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए। सडकमा विगत वर्षका जति सवारी गुडेनन्।

नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन्। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ।

यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदै छ। आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, कात्तिक ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्