भरतपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
चितवन, कात्तिक ११ : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ।कोरोनाबाट अजा बिहान भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको...
चितवन, कात्तिक ११ : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ।
कोरोनाबाट अजा बिहान भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कात्तिक ५ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनी मुटु र मिर्गौला रोगबाट पीतिड रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
