Kathmandu Press

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको निधन

काठमाडौं, कात्तिक ११ : रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय...
रुपन्देहीमा दुई जना कोरोना संक्रमितको निधन
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक ११ : रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। 
 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, कात्तिक ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्