कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौं, कात्तिक ११ : कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको...
काठमाडौं, कात्तिक ११ : कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेलले फेसबुक स्टाटसमा लेखेका छन् । यसअघि गजुरेलका दाजुलाई पनि कोरोना संक्रमण भएको थियो। उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए ।
'गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो', गजुरेलले स्टाटसमा लेखेका छन्।
उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
