आईपीएल : पन्जावले कोलकतालाई ८ विकेटले हारायो
काठमाडौं, कात्तिक ११ : आईपीएल क्रिकेट अन्तर्गत गतराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।कोलकाताको तर्फबाट जितका लागि पाएको...
काठमाडौं, कात्तिक ११ : आईपीएल क्रिकेट अन्तर्गत गतराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।
कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे ।
मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । पाँच छक्का र दुई चौका प्रहार गरेका गेल म्यान अफ द म्याच घोषित भए ।
दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितसँगै पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारत २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । शुभमन गिलले अर्धशतक बनाएका थिए ।
पन्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्नोईले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगन आश्विनले एक–एक विकेट लिएका थिए ।











