बीपी प्रतिष्ठान धरामा ५० बर्षिय कोरोना संक्रमितको निधन
काठमाडौं, कात्तिक ११ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।धरान घर भएका ५० वर्षीय पुरुषको...
काठमाडौं, कात्तिक ११ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।
धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा कोरोनाकै कारण निधन भएको हो । प्रतिष्ठानका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।
गत कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । उनी कात्तिक ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
