राष्ट्रपति भण्डारीले गुरु र आमाबाट लगाईन टीका
काठमाडौं, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र...
काठमाडौं, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवास टीका र जमरा ग्रहण गरेकी छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।
अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।
प्रकाशित मिति: १७:४५ बजे, सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
