Kathmandu Press

सामाजिक तथा भौतिक दूरी कायम गरी दशै मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, कत्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी दशै मनाउन आह्वान गरेकी छन् ।राष्ट्रपति भण्डारीले आज शुमकामना सन्देश...
सामाजिक तथा भौतिक दूरी कायम गरी दशै मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं, कत्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी दशै मनाउन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुमकामना सन्देश जारी गर्दै बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन् ।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिको छ ।

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, कात्तिक १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्