उच्च सतर्कता अपनाएर दशै मनाऔ : देउवा
काठमाडौं, कात्तिक १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् ।विजया दशमीका...
काठमाडौं, कात्तिक १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् ।
विजया दशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिल गरेका हुन् ।
कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि देउवाको सुझाव छ ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको जनाएका छन् ।
विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १४:११ बजे, सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
