Kathmandu Press

कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु

काठमाडौं, कात्तिक ९ : कोरोना संक्रमणको कारण नेपालका थप पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछल्लो २४ घण्टामा देशभर थप...
कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु

काठमाडौं, कात्तिक ९ : कोरोना संक्रमणको कारण आइतबार नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो। योसहित देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८४७ पुगेको छ। 

त्यस्तै आइतबार देशभर थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै, देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन्।संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:१७ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्