थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, कात्तिक ९ : आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेका छन्।
योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन्।संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: २२:०६ बजे, आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
