Kathmandu Press

भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली, कात्तिक ९ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ। गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित...
भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली, कात्तिक ९ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ। गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ। यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ। 

भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। 

महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ। यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन्। राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ। 

कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ।

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्