Kathmandu Press

कोेरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

चितवन, कात्तिक ९ : कोभिड–१९ को संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा...
कोेरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

चितवन, कात्तिक ९ : कोभिड–१९ को संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो। ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो। ती वृद्धाको शनिबार साँझ मृत्यु भएको हो। 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्