Kathmandu Press

'रअ'का प्रमुखसँग ओलीको भेटवार्ता राष्ट्रिय सार्वभौमिकता कमजोर पार्ने काम : नेकपा प्रवक्ता

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटवार्ताले राष्ट्रिय सार्वभौमिकतालाई कमजोर पार्ने काम भएको सत्तारुढ नेकपा प्रवक्ता...
'रअ'का प्रमुखसँग ओलीको भेटवार्ता राष्ट्रिय सार्वभौमिकता कमजोर पार्ने काम : नेकपा प्रवक्ता

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुखसँग गरेको भेटवार्ताले राष्ट्रिय सार्वभौमिकतालाई कमजोर पार्ने काम भएको सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले गुप्चर प्रमुखसँगको प्रधानमन्त्री ओलीको भेटले राष्ट्यिर स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिरेको जनाएका छन्। उनले भनेका छन्, 'यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।'

रअका प्रमुख सामन्तकुरमा गोयल केही दिन अघि इन्डियन एयरफोर्सको जहाजमा काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। मध्यरातिसम्म प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेटवार्ता चलेको थियो।

यसको सबै क्षेत्रबाट विरोध हुँदै आएको छ। नेकपा प्रवक्ता श्रेष्ठले पनि फेसबुकमा स्टाटस लेख्दै यसको विरोध जनाएका छन्।

उनले यसलाई कूटनीतिक मर्यादा विपरित भएको भन्दै लेखेका छन्, 'मेरो बिचारमा नेपालको राजनीतिक एवं कूटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको।'

नारायणकाजी श्रेष्ठकाे स्टाटस् :

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु। यसबिचमा भारतको गुप्तचर सँस्था 'र 'प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग "वार्ता "गरेर फिर्ता भएछन्। प्

रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन। त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो।

मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको। नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ।

बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन। त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्