सुनसरीमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु
धरान, कात्तिक ९ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा थप चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरु धरान उपमहानगरापलिका र वराहक्षेत्र...
धरान, कात्तिक ९ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा थप चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरु धरान उपमहानगरापलिका र वराहक्षेत्र नगरपालिकाका रहेका छन्।
गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–१७ की ६२ वर्षीया बृद्धाको मृत्यु भएको छ। उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो।
होम आइसोलेसनमा बस्दै आएकी उनी कात्तिक ७ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई मिर्गौलासम्बन्धी समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।
त्यस्तै, शनिबार साँझ धरान उपमहानगरपालिका–१५ बाझगराकी ५६ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको छ। बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैगरि, धरान उपमहानगरपालिका–१३ का ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। उनका बारेमा थप जानकारी आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यस्तै, शनिबार नै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनी क्षयरोग, दम र एचआईभीबाट पीडित रहेको जनाएको छ। उनको आइसोलेसन सेन्टरमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)