सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुनको निधन
काठमाडौं, कात्तिक ९ : सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ ।लामो समयदेखि बिरामी रहँदै आएका ७८ वषिय हिको आइतबार...
काठमाडौं, कात्तिक ९ : सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहँदै आएका ७८ वषिय हिको आइतबार निधन भएको एजेन्सीहरुले जनाएका छन् ।
बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका छन् ।
सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












