Kathmandu Press

बर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिर यो  बर्ष नखुल्ने

काठमाडौं, कात्तिक ९ : हनुमानढोका दरबार क्षेत्रमा रहेको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाका कारण नखुल्ने भएको छ ।वर्षमा...
बर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिर यो  बर्ष नखुल्ने

काठमाडौं, कात्तिक ९ : हनुमानढोका दरबार क्षेत्रमा रहेको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाका कारण नखुल्ने भएको छ ।


वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा रहदै आएको छ ।

वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड ह्ने गर्छ । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । कोरोनाको महामारीका कारण यस बर्ष उक्त मन्दिर नखोल्ने निणैय गरिएको हो। 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्