Kathmandu Press

नेकपा कार्यकर्ता मारिएको घटनाको तत्काल निस्पक्ष छानविन गर : कांग्रेस

नेपाली कांग्रेसले नेकपाका एक जना कार्यकर्ताको हत्या भएको पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
नेकपा कार्यकर्ता मारिएको घटनाको तत्काल निस्पक्ष छानविन गर : कांग्रेस

काठमाडौं, कात्तिक ८ : नेपाली कांग्रेसले नेकपाका एक जना कार्यकर्ताको हत्या भएको पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पर्सा विन्दावासिनी गाउँपालि नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको तत्काल निश्पक्ष छानबिन गरी दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

Hardik ivf

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने ?’ प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्। 

हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुखद् भएको कांग्रेसको भनाइ छ।

कांग्रेसले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप हुदा आठ जना घाइते थिए भने चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान निधन भएको हो। 
 

प्रकाशित मिति: ०१:३६ बजे, आइतबार, कात्तिक ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्