पूजाका लागि फूल टिप्न गएका दुई युवकको पोखरीमा डुबेर मृत्यु
कपिलवस्तु, कात्तिक ८ : कपिलवस्तुमा पूजाका लागि फूल टिप्न गएका दुई युवकको पोखरीमा डुबेर मृत्यु भएको छ।आज बिहान कमलको फूल टिप्न गएका महाराजगन्ज...
कपिलवस्तु, कात्तिक ८ : कपिलवस्तुमा पूजाका लागि फूल टिप्न गएका दुई युवकको पोखरीमा डुबेर मृत्यु भएको छ।
आज बिहान कमलको फूल टिप्न गएका महाराजगन्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुबेर स्थानीय ३२ वर्षीय अशोक पाठक र २६ वर्षीय करमहंस पाठकको मृत्यु भएको छ। उनीहरु पूजाका लागि फूल टिप्न पोखरीभित्र गएका थिए।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार पोखरीमा दुई युवा डुबेको स्थानीय बासिन्दाले खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दासम्म स्थानीय बासिन्दाले एक जनाको शव निकालेका थिए। अर्को युवकको प्रहरी टोलीले पोखरीबाट शव निकालेको थियो।
प्रकाशित मिति: २०:२१ बजे, शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)