जनकपुरमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु
धनुषा, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट जनकपुरमा एक जना बृद्धाको मृत्यु भएको छ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका १ की ६५ वर्षीया बृद्धाको आज बिहान...
धनुषा, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट जनकपुरमा एक जना बृद्धाको मृत्यु भएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १ की ६५ वर्षीया बृद्धाको आज बिहान २ बजेतिर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्वरोसँगै श्वास फेर्न समस्या भएपछि उनलाई कात्तिक ७ गते अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा कोरोना परीक्षण गर्दा त्यहि दिन संक्रमण पुष्टि भएको थियो। गएराति ८ बजे आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए।
उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनलाई उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको अस्पतालले जनाएको छ।
योसँगै धनुषामा कोरोना संक्रमण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
प्रकाशित मिति: १७:४० बजे, शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)