डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना
काठमाडौं, कात्तिक ८ : पूर्वप्रधानमन्त्री एर्व जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुरा भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण भएको छ।डा....
काठमाडौं, कात्तिक ८ : पूर्वप्रधानमन्त्री एर्व जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफू र पत्नी यमीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। उनले कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्।
डा. भट्टराई र यमी होम आइसोलेसनमा बसेका छन्। उनीहरुको स्वासथ्य अवस्था सामान्य रहेको जनाएको छ।
डा. भट्टराईले आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafepic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)