गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी, कातित्क ७ : गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३०९...
गण्डकी, कात्तिक ७ : गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन्।
सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २१:२३ बजे, शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)