परीक्षणमा रहेका केही कोरोना खोपले एचआईभीको जोखिम बढाउनसक्ने
भक्तपुर, कात्तिक ७ : कोरोना भाइरसविरुद्धको खोप विश्वभर बनिरहँदा अनुसन्धानकर्ताहरुले अग्रिम ट्रायलको चरणमा पुगेका केही खोपहरुले एचआईभी संक्रमणको जोखिम बढाउनसक्ने बताएका छन्।केही खोपहरु...
भक्तपुर, कात्तिक ७ : कोरोना भाइरसविरुद्धको खोप विश्वभर बनिरहँदा अनुसन्धानकर्ताहरुले अग्रिम ट्रायलको चरणमा पुगेका केही खोपहरुले एचआईभी संक्रमणको जोखिम बढाउनसक्ने बताएका छन्।
केही खोपहरु बनाउँदा भाइरल भेक्टर वा परिमार्जन गरिएको भाइरस (भेक्टर्ड भ्याक्सिन) खोपको माध्यमबाट शरीरको कोशिकाहरुमा राखिन्छ। यसलाई एडेनोभाइरस–५ पनि भनिन्छ।
अहिले अग्रिम परीक्षणको चरणमा रहेका खोपहरुमध्ये दुई वटा खोपमा एडेनोभाइरस–५ को प्रयोग भइरहेको छ। जसमध्ये एउटा चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक र अर्को रसियाको गमलेया रिसर्च इन्स्टिट्युटले बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चार जना बैज्ञानिकहरुले एक दशकअगाडि एडेनोभाइरस–५ प्रयोग गरी एचआईभी खोपको परीक्षण गरेका थिए। यसले केही पुरुषहरुमा एचआईभी संक्रमणको जोखिम बढाएको थियो।
अहिले पनि त्यो जोखिम कायम नै रहेको उनीहरुको भनाइ छ। ‘एचआईभी र कोभिड–१९ दुवै महामारीले विश्वव्यापी रुपमा असुरक्षित जनसंख्यालाई प्रभावित बताएको छ,’ अनुसन्धातकर्ता भन्छन्, ‘कोरोनाको खोपका लागि एडेनोभाइरस–५ को थप विकास गर्नु अघि राम्ररी मुल्यांकन गर्न जरुरी छ।’
चीनमा जुन महिनामा एडेनोभाइरस–५ लाई सैन्य प्रयोजनका लागि छुट्टै अधिकार दिइएको थियो। हालै यसको प्रयोग साउदी अरेबिया, रसिया र पाकिस्तानमा क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेको छ।
(एजेन्सीको सहयोगमा)










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)