Kathmandu Press

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, कात्तिक ७ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ।विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना संक्रमितको आज...
कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, कात्तिक ७ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना संक्रमितको आज बिहान ज्यान गएको छ। अस्पतालका अनुसार आज बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।

आज बिहान ३ बजे बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले बताए। उनलाई फोक्सो र मिर्गौलासम्बन्धी समस्या रहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी कात्तिक ५ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।

त्यस्तै, आज बिहान ४ बजे धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी असोज २९ गते अस्पताल भर्ना भएकी थिइन्। उपचारका क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देएिको थियो।

त्यसयता उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनलाई श्वासप्रश्वास र मधुमेहसम्बन्धी समस्या रहेको थियो।

 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, कात्तिक ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्