करेन्ट लागेर सैनिक जवानको मृत्यु
तेह्रथुम, कात्तिक ७ : तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ।नेपाली सेनाको सिराहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५...
तेह्रथुम, कात्तिक ७ : तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ।
नेपाली सेनाको सिराहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।
आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ ७ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएका थिए।
प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)