Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

धरान, कात्तिक ७ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ।धरानका उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार...
धरानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

धरान, कात्तिक ७ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ।

धरानका उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि ५४ वर्षीया महिलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोजिएको थियो। तर, बेड खाली नभएपछि नोबल अस्पताल लगिएको थियो। उनको नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य महाशाखाले जनाएको छ।

त्यस्तै, ६० वर्षीया बृद्धालाई पनि बिपी प्रतिष्ठानमा भर्ना गर्न खोजिएको थियो। बेड अभाव हुँदा होम आइसोलेसनमै राखिएको थियो। उनको घरमै मृत्यु भएको जनाएको छ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा मात्रै १७ जनाको ज्यान गएको छ।

 

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, कात्तिक ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्