Kathmandu Press

रअ प्रमुखसँग भेट भएको छैन : देउवा

रअ प्रमुखसँग भेट भएको छैन : देउवा

काठमाडौं, कात्तिक ६ : प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो भेट नभएको बताएका छन्। 

पूर्व प्रधानमन्त्री देउवका स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको काठमाडौं प्रेसलाई बताए । ‘रअका प्रमुखसँग भेट भएको छैन’, देउवाले भने । 

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल भ्रमणमा आएको थियो । उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेको चर्चा चलेको थियो। 


रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेटेको पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बक्तव्य नै जारी गरेर रअ प्रमुख बुधबार बेलुका बालुवाटार आएको र भेटवार्ता भएको जनाएका छन्। 

कोरोनाका कारण भारतसँगको नियमित हवाई उडान समेत नभएको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गोयलले प्रधानमन्त्री केपी ओलीसँग भने बुधबारसाँझ दुई घण्टा भेट गरेका थिए। 
 

प्रकाशित मिति: ००:०८ बजे, शुक्रबार, कात्तिक ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्