Kathmandu Press

गोकुल बास्कोटाको दम्पतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ६ : पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले  सामाजिक सञ्जालमार्फत आफू र आफ्नो रुीमतीमा मा कोरोना संक्रमण...
गोकुल बास्कोटाको दम्पतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ६ : पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

उनले  सामाजिक सञ्जालमार्फत आफू र आफ्नो रुीमतीमा मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। 

आफूमा संक्रमण पुष्टि भएपनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताए। तर उनकी श्रीमती तारा मानन्धरमा कोरोनाको लक्षणहरु देखिएको उनले बताएका छन्।

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर राम्रो के भने बितेको १० दिन यता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित। दुबै छोरालाई नेगेटिभ देखिनु चाहीँ धेरै राम्रो सुरक्षित रहौं।’

प्रकाशित मिति: २३:३० बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्