कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
काठमाडौं, कात्तिक ६ : कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको छ।योसहित बिहीबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ...
काठमाडौं, कात्तिक ६ : कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको छ।
योसहित बिहीबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यस्तै, देशभर बिहीबार ३६ सय ३७ जना संक्रमित थप भएका छन्, भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ। हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रकाशित मिति: २२:२८ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)