Kathmandu Press

थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या एक लाख नाघ्यो

१५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरेकोमा ३६ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।
थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, कात्तिक ६ : बिहीबार देशभर थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरेकोमा ३६ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

त्यस्तै आज कोरोनालाइृ जितेर ३२ सय १५ जना डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार आठ सय २० पुगेको छ।

अहिले निको हुने दर ६९.२ प्रतिशत रहेको छ। 

हाल देशभर ४४ हजार आठ सय ७७ जना सक्रिय संक्रमित रहेको डा गौताले बताए।

हाल १३ हजार तीन सय ३९ जना संस्थागत आइसोलेसनमा र  ३१ हजार पाँच सय ३८ होम आइसोलेसनमा रहेको उनले बताए। 

संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २२:२२ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्