Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ जना कोरोना संक्रमित

बिहीबार गरिएको परीक्षणमा काठमाडाैंमा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 
काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक ६ : काठमाडौंमा उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार गरिएको परीक्षणमा काठमाडाैंमा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

यस्तै, बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित  निको भएर डिस्चार्ज भएका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

प्रकाशित मिति: २२:१३ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्