प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेटेकोमा नेकपाकै नेता असन्तुष्ट
काठमाडाैं, कात्तिक ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री कोपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग भेटवार्ता गरेकोप्रति...
काठमाडाैं, कात्तिक ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री कोपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग भेटवार्ता गरेकोप्रति असन्तुष्ट जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै रअका अध्यक्ष सामन्तकुमार गोयलबीच प्रधानमन्त्रीको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन्।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कुटनीतिक मर्यादाविपरीत छ,’ उनले लेखेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको बताएका थिए।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)