पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने
काठमाडौं, कात्तिक ६ : पोखरामा कोरोना संक्रमितको निःशुल्क उपचार नहुने भएको छ। गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएपनि पोखरामा भने शुल्क...
काठमाडौं, कात्तिक ६ : पोखरामा कोरोना संक्रमितको निःशुल्क उपचार नहुने भएको छ। गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएपनि पोखरामा भने शुल्क लाग्ने भएको हो।
प्रदेशको कोरोना विशेष अस्पतालका रूपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सरकारको निर्णय अनुसार लक्षित वर्गबाहेक अन्यको उपचार खर्च लाग्ने जनाएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा
सरकारको निर्णय अनुसार अस्पतालमा उपचार गर्न पुगेका बिरामीको उपचारको सम्पूर्ण खर्च स्वयं बिरामीले तिर्नुपर्ने उल्लेख छ।
'बिरामीले खाना, खाजालगायत सम्पूर्ण व्यवस्था बिरामी स्वयंले गर्नुपर्ने, खाना, खाजा स्वंय व्यवस्थापन गर्न असमर्थ भए अस्पतालको क्यान्टिनबाट नगद धरौटी राखी उपलब्ध हुने व्यहोरो जानकारीका लागि अनुरोध छ,'विज्ञप्तीमा भनिएको छ।











