Kathmandu Press

प्रधानमन्त्री ओली र 'रअ' का प्रमुख गोयलबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, कात्तिक ८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ।उनीहरुबीच...
प्रधानमन्त्री ओली र 'रअ' का प्रमुख गोयलबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, कात्तिक ८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ।

उनीहरुबीच बुधबार बेलुका सरकारी निवास बाल्वाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन्। 

थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको बताएका हुन्। ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ।

भेटमा गोलयले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा छलफल भएको थापाले उल्लेख गरेका छन्।

बुधबार कूटनीतिक उडानबाट नेपाल आएका गोयल नेतृत्वको ९ सदस्यीय टोलीले नेतचाहरुलाई भेटेको चर्चा चलेपछि नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नभेटेको प्रष्ट पारेका थिए।

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्