Kathmandu Press

रअका प्रमुखलाई भेटेको छैन : माधव नेपाल

काठमाडौं, कात्तिक ६ : नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट नगरेको बताएका छन्।रअ प्रमुख सामन्त गोयलसँग...
रअका प्रमुखलाई भेटेको छैन : माधव नेपाल

काठमाडौं, कात्तिक ६ : नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट नगरेको बताएका छन्।

रअ प्रमुख सामन्त गोयलसँग बुधबार साँझ इन्डियन एयरफोर्सको जहाजमा काठमाडौं आएका थिए। प्रधानमन्त्री केपी ओलीसँगै उच्च अधिकारीसँग भेटवार्ता गरेर आज बिहान फर्केका छन्।

वरिष्ठ नेता नेपालले ट्वीट गर्दै आफूले रअ प्रमुख गोयललाई नभेटेको बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ।’

यसअघि पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलको सचिवालयले पनि प्रेस विज्ञप्ति जारि गरि रअ प्रमुख गोयललाई नभेटेको जनाएको थियो।

 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्